२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरा बस दुर्घटनाले शोकमा डुवेको पुर्चौैडीको तोलीगाउँ

SansherOnline SansherOnline
बिहिबार ०१, कार्तिक २०८१ ०८:२०
डडेल्धुरा बस दुर्घटनाले शोकमा डुवेको पुर्चौैडीको तोलीगाउँ

बैतडी : बैतडीको पुर्चौैडी नगरपालिका-३ तोलीगाउँ शोकमा डुवेको छ । महेन्द्रनगरवाट बैतडीको पुर्चौडी आउन लागेको बस डडेल्धुराको अमरगढी नगरपालिका वडा नं ७ खस्रेखानमा सडकवाट-३ सय मिटरतल खस्दा वसमा सवार एकैघरका तीनजनाको मृत्युले शोकमा डुवेको तोलीगाउँ भावविह्ल बनेको छ । 

आफु समेत,शासुआमा, श्रीमती र  नवजात शिशु समेत गरी तोलीगाउँका सहदेव वोहरा परिवार बाटोमै अस्ताएको छ । २० वर्षिया श्रीमती कमला बोहरा गर्ववती थिईन, पहिलो सन्तान जन्माउन २४ असोजमा श्रीमती संगै श्रीमान सहदेव र ४५ वर्षिय शाशुआमा जैमती बोहरा धनगढी गएका थिए । 

जाँदा तीनजना भएर गएका उनिहरु आउँदा चारजना भएर आएका थिए । पहिलो छोरा भएको खुशिमा भएका सहदेव र कमला अनि पहिलो पटक आमा बनेकी जैमतीको खुशिको सिमानै थिएन । 
छोरा जन्मीएको खुसियालीका उमंगहरु गाउँमा पुरयाउँन आतुर बोहरा दम्पतीहरुको सपना चकनाचुर भयो । मंगलबार राती साढे ११ बजेको समयमा उक्त बस डडेल्धुराको खस्रेखानमा सडकवाट तीनसय मिटर तल खसेर दुर्घटना भयो । र पहिलो समाचार गाउँमा पुग्यो कि बस दुर्घटनामा शाशुआमा समेत एकै परिवारका तीन गरी एकै गाउँका  ४ जनाको मृत्यु भयो । 

पुर्चौडी नगरपालिका वडा नं ३ का अध्यक्ष खगेन्द्र बोहराका अनुसार मृतक सहदेव भारतको बैगलोरमा काम गर्थे उनले दुईबर्ष अघि गाउँकै कमला संग बिहे गरेका थिए । 

मंगलबारको उक्त दुर्घटनाले तोलीगाउँ अझै होसमा आउन सकेको छैन पुर्चौडीनै भावबिह्ल भएको छ । 
रातको समयमा प्रहरी,सेना, अमरगढी नगरपालिका, लगाएत उद्धारमा संग्लग्नहरुले भीरमा खसेको वस वरपर रहेका र वसमुनी च्यापिएकाहरुलाई डडेल्धुरा अस्पताल सम्म पुरयाउने कार्य गरिरह्यो र पहिलो चरणमा १२ जना घाईते ४जनाको मृत्यु भएको पुष्टि भयो । 

गाडीमा कतिजना सवार थिए ? एकिन थिएन किनकी चालक बिरेन्द्र बोहराको अवस्था समेत गम्भीर थियो । बिहान फेरी दुर्घटनास्थल वरपर हेर्दा बसमुनी च्यापिएको अवस्थामा पुर्चौडी नगरपालिका वडा नं १० कि गोवणी महराको शव फेला परयो । मृतकको संख्या ५ पुग्यो । 

प्रतिक्रिया