२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा पनि मनाइयो ६९ औँ प्रहरी दिवस,चौकीका प्रहरी कर्मचरीलाई एक वर्षमा परिवर्तन गर्नुपर्ने

SansherOnline SansherOnline
बुधबार ३०, असोज २०८१ ११:१२
बैतडीमा पनि मनाइयो ६९ औँ प्रहरी दिवस,चौकीका प्रहरी कर्मचरीलाई एक वर्षमा परिवर्तन गर्नुपर्ने

बैतडी : आज ६९ औँ प्रहरी दिवस बैतडी लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । साइबर सुरक्षा, आजको आवश्यकता’ भन्ने मुल नाराका साथ प्रहरी दिवस मनाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित प्रहरी दिवसमा उपस्थित प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले संगठनको कुनै एक व्यक्तिका कारण समग्र प्रहरी संगठन बदनाम हुने हुँदा कुनैपनि प्रहरी कर्मचारीले संगठनको गरीमा खस्ने काम नगर्न निर्देशन दिएका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकामा बालिका वेवत्ता घटनामा प्रहरी हवल्दारको संलग्नता रहेको भन्ने स्थानीयको आरोपलाई लक्षित गर्दै प्रजिअ शर्माले उक्त निर्देशन दिएका हुन् ।

भनसुनका आधारमा भन्दा पनि प्रहरी सिस्टममा चल्नुपर्ने उहाँको भनाई थियो । हरेक चौकीमा रहेका प्रहरी कर्मचरीलाई एक वर्षमा परिवर्तन गर्नुपर्ने उहाँको राय थियो । जनताको शान्ति सुरक्षाका लागि सिमित श्रोतसाधनका बावजुत दिनरात खटीने सच्चा प्रहरीलाई समेत यस्ता घटनाले चोट पुग्ने हुँदा प्रहरीले संयमित भएर आफ्नो भुमिका निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा उपस्थित भुतपुर्व प्रहरी कर्मचारीहरुले समाजको शान्ति सुरक्षाका लागि आफुहरुलाई पनि संगठित गरी अगाडी बढ्नुपर्ने धारण राखेका थिए । कार्यक्रममा प्रहरी दिवसको अवसमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने प्रहरी, उत्कृट काम गर्ने प्रहरी र पुर्व प्रहरीहरुलाई सम्मान गरिएको थियो ।

प्रहरीचौकीलाई जग्गादान गर्ने तथा अमर प्रहरीहरुका परिवारलाई समेत सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी मकेन्द्र मिश्रले बताउनुभयो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले अमर प्रहरीको शालिकमा माल्यार्पण गर्दै उनिहरुप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका थिए ।

तस्बिर : नरी बडु  

 

प्रतिक्रिया