२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

प्रहरी हवल्दारले किशोरी बेपत्तापारे अझै भेटीएन, परिवार जिल्ला सदरमुकाम गढी पुगे न्यायका लागि

SansherOnline SansherOnline
बुधबार ३०, असोज २०८१ ०९:५५
प्रहरी हवल्दारले किशोरी बेपत्तापारे अझै भेटीएन, परिवार जिल्ला सदरमुकाम गढी पुगे न्यायका लागि

बैतडी : पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी १८ वर्षीया किशोरी बेपत्ता भएको ५ दिन वित्दा समेत भेटिएकी छैनन् । किशोरीलाई स्थानीय माहाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीले बेपत्ता पारेको परिवारको दाबी छ । किशोरीलाई पटक–पटक बोलाई भेटघाट गर्ने जोशी बालिका सम्पर्क बिहीन बनेपछि चौकीमा कार्यरथ सहायक हवल्दार र प्रहरी जवानको सहयोगमा ट्यूब मार्फत माहाकाली नदी तरी भारत जान लागेका थिए । सोही अवस्थामा स्थानीयले जोशी सहित दुई जना प्रहरीलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । जोशीलाई स्थानीयले कुटपीट समेत गरेकाले उनको जिल्ला अस्पताल बैतडीमा उपचार भएको थियो ।

छोरीको अवस्था अझै अज्ञात भएकाले न्यायका लागि किशोरीका परिवार जिल्ला सदरमुकाम गढी पुगेका छन् । उपचार पछि आरोपित जोशीलाई हिरासतमा राखि अनुसन्धान सुरु भएको र आज जाहेरी दर्ता गरी म्याद थप गरिने जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी मकेन्द्र मिश्रले बताउनुभयो ।

०८१ असोज २५ गते बिहान करिब ४ बजेको समयमा घरबाट पानी भर्न गएकी किशोरी अबरेसम्म नफर्किएपछि स्थानीयले खोजी गरेका थिए । खोजी गर्दै जादा आफुहरुले राती सम्म खोज्दा समेत फेला पार्न नसकेको किशोरीका आफन्तले बताएका छन् ।

बेपत्ता किशोरीका आफन्तका अनुसार असोज २३ गते राती बेपत्ता किशोरी र आरोपित हवल्दार चार घण्टा सम्म सम्पर्क बिहिन भएर राती १० बजे फर्किएका थिए । आरोपित जोशीले मायाजालमा पारी किशोरीको शोषण समेत गरेर घटना खुल्ने डरले वेपत्ता पारेको परिवारको आरोप छ । हवल्दार जोशीको मोबाइल फोनमा किशोरी संगका फोटा समेत भेटिएका छन् ।

किशोरीले पानी भर्न लगेको ग्यालेन र ग्यालनमा प्रयोग गरिएको डोरी चौकी नजिक भेटिएको छ । बेपत्ता किशोरी भने अहिलेसम्म भेटाउन सकिएको छैन । ‘आरोपित प्रहरी हवल्दार जोशीले भारत तर्फ भाग्ने क्रममा नजिकैको डिम्मर घाट छोडेर करिब २ किलोमिटर टाढा रहेको नागार्जुन घाटको बाटो प्रयोग गरेका थिए । यसले पनि किशोरी वेपत्ता घटनामा जोशीको संलग्नता रहेको देखिन्छ ।’ स्थानीय प्रेमसिंह मंगोलाले भन्नुभयो । नागार्जुन घाटबाट भारत जाने क्रममा त्यहासम्म जोशीको झोला सहायक हवल्दार चन्द्र धामी र प्रहरी जवान बिरेन्द्र कार्कीले बोकेर सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुली सकेको छ ।

प्रतिक्रिया