बैतडी : सिगास गाउँपालिका वडा नं -९ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दोगाडा भूमिराज मन्दिरमा धर्मशाला निर्माण गरिएको छ । तिर्थालु तथा भक्तजनको आवासका लागि धर्मशालाको भवन बनाइएको हो ।
चन्दा संकलन गरेर मन्दिर क्षेत्रमा धर्मशाला निर्माण गरिएको धर्मशाला निर्माणका संयोजक शालिभान धामीले बताउनु भएको छ । ३ लाख १८ हजार लागतमा २ कोठे भवन निर्माण गरिएको निर्माणका संयोजक धामीले जानकारी दिए ।
देश तथा विदेशबाट प्राप्त सहयोगबाट मन्दिरमा विभिन्न संरचना निर्माण हुँदै आए पनि सरकारीस्तरबाट भने कुनै पहल हुन सकेको छैन ।
दोगाडा भूमिराज मन्दिरमा पूजा तथा बलि दिएमा मनोकानमा पूरा हुने जनविश्वास छ ।
धर्मशाला फोटो
प्रतिक्रिया