बैतडी : राजेन्द्र भण्डारीद्धारा लिखित ‘उदयदेव दर्शन’ नामक पुस्तक बिमोचन गरिएको छ । उदयदेव मन्दिरको धार्मिक विषयवस्तुसँग सम्बन्धीत लेखहरुको संगालो ‘उदयदेव दर्शन’ नामक पुस्तक बिमोचन गरिएको हो ।
बिहीबार उदयदेव मन्दिरको प्राङ्गणमा नेपाल सरकारका उद्योग बाणीज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश समेत रहनु भएका उदयदेव मन्दिरका भण्डारे संरक्षक भण्डारीको ‘उदयदेव दर्शन’ नामक पुस्तकको बिमोचन गर्नु भएको हो । यस पुस्तककमा उदयदेव मन्दिरको परिचय, उदयदेव मन्दिरको इतिहास र दर्शनको बारेमा लेखहरु समेटिएका छन् । करिब १० वटा लेखहरुमा उदयदेवको विषयसँगै सनातन धर्म, विभिन्न जातजाती र ऐतिहासिक विषयवस्तुहरु समेटिएको लेखक भण्डारीले बताउनु भएको छ ।
उदयदेवप्रति श्रद्धा गर्नुपर्ने कारणका विषयमा विभिन्न ऐतिहासिक र बिचारकहरुको तथ्यका आधारमा यो पुस्तक तयार पारिएको पुस्तकका लेखक भण्डारीले बताउनुभयो ।
समसामयिक राजनितिक, धार्मीक र ऐतिहासिक तथ्यमा लेखिएका र विभिन्न विद्धानहरुको लेखमा अधारित यो पुस्तक तयार पारिएको बताउनुभयो ।
उदयदेव को हुन?, उदयदेवको सन्देश के हो? पाटन स्वरागडको चिनारी, हिन्दु सनात धर्म लगायतका विषयहरु समेटिएका छन् ।
देविदेवताका मन्दिरमा गरिने धार्मिक क्रियाकलापमा सामाजिक उदेश्य र कारण, सनातम धर्मको परिचय र सनातन धर्म मान्नु पर्ने कारणका विषयहरु पनि यस पुस्तकमा समेटिएको उहाले बताउनुभयो ।
आफु उदयदेव मन्दिरको भण्डार संरक्षकको जिम्मेवारीमा रहेकाले नितान्त स्वएच्छाले यो पुस्तक लेखेको भण्डारीले बताउनुभयो ।
प्रतिक्रिया