२०८१ माघ २३ गते बुधबार
ट्रेन्डिङ

बैतडीमा पशु बलि सहित जात्रा सम्पन्न ,४ सय भन्दा बढि राँगा र बोकाको बलि निङ्गलाशैनीमा

SansherOnline SansherOnline
शुक्रबार २५, असोज २०८१ ०८:०१
बैतडीमा पशु बलि सहित जात्रा सम्पन्न ,४ सय भन्दा बढि राँगा र बोकाको बलि निङ्गलाशैनीमा

बैतडी : बैतडीको निङ्गलाशैनी र उदयदेव  मन्दिरमा जात्रा सम्पन्न भएको छ । आज महाअस्टमी लागेको जात्रा सम्पन्न भएको हो । हिजो देखि सुरु भएको जात्रा आज राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । 

दशरथचन्द नगरपालिका-२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा ५१२ पशुको बली दिइएको हो।  ३१७ राङ्गा र १९५ बोकागरी ५१२ पशुको बली दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिए । 

पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ४१ राङ्गाको बली दिइएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा रहेका देवस्थलहरुमा यस वर्ष बलिसहितको जात्रा नलागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । 

सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैन मन्दिरमा २१ पशुको बली दिइएको छ । बिहीबार राती १४ राङ्गा र ७ बोकाको गरी २१ पशुको बली दिइएको वडा नं ५ का वडा अध्यक्ष केशव सिंह बिष्टले जानकारी दिए । 

डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राङ्गा र ३५ वटा बोकाको गरी ६५ पशुको बली दिइएको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए । 

डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राङ्गा र दुई बोकागरी २३ पशुको बली दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले जानकारी दिए । डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्राभरीमा १८ बोकाको बली दिइएको स्थानीय शिक्षक धर्मराज भट्टले जानकारी दिए । 

शिवनाथ ५ को कफाडी उदयदेव मन्दिरमा शुक्रबार राती जात्रा लाग्दैछ ।

प्रतिक्रिया