२०८१ माघ २३ गते बुधबार
ट्रेन्डिङ

चौखाम स्थित सिगास मन्दिरमा जाँत (जात्रा) नहुने

SansherOnline SansherOnline
बिहिबार २४, असोज २०८१ ११:२२
चौखाम स्थित सिगास मन्दिरमा जाँत (जात्रा) नहुने

बैतडी : बैतडीको सिगास मन्दिरमा जुठो परेका कारण सामाजिक परम्परा अनुसार जाँत (जात्रा) नमनाउने गरिएको जनाएको छ । आज २४ गते मन्दिरमा जाँत हुने निश्चित भएको थियो ।  

हरेक वर्ष असोज-कात्तिक महाअष्टमीको दिन लाग्ने सिगास गाउँपालिका वडा नं. ९ मा रहेको प्रसिद्ध धार्मिकस्थल “सिगास मन्दिरमा” यस वर्ष पहिलो पर्व असोज शुक्ल अष्टमीको दिन जाँत हुने भएकोमा जुठो परेका कारण छुटेको हो ।

चौखाम स्थित “सिगास मन्दिर” सिगास गाउँपालिका भरिकै सुप्रसिद्ध धार्मीक स्थलको रूपमा परिचित रहेको छ ।जात्रा हुने भएसँगै “सिगास मन्दिरमा” दर्शनार्थी तथा श्रदालु भक्तजनहरू सहित जात्राको चहलपहल बढेको थियो । चौखाम मन्दिरमा पूजाआजा सहित दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । उक्त मन्दिरमा जात्रा भर्न सिगास गाउँपालिका सहित छिमेकी जिल्ला बझाङ, डडेलधुरा, डोटी सहित तराइका जिल्लाबाट समेत श्रदालु भक्तजन आउने गरेका छन् । 

प्रतिक्रिया