२०८१ कार्तिक २० गते मङ्गलबार
ट्रेन्डिङ

बैतडी मालपाेतका घुस्याहा हाकिमको सरुवा तानिए विभागमा,तीन दिने स्पष्टीकरण माग

SansherOnline SansherOnline
शनिबार १९, असोज २०८१ १०:१०
बैतडी मालपाेतका घुस्याहा हाकिमको सरुवा तानिए विभागमा,तीन दिने स्पष्टीकरण माग

बैतडी : सेवा ग्राहीबाट घुस लिने बैतडी मालपाेत कार्यालयका हाकिमकाे सुवा भएकाे छ । कार्यालयमै घुस मागेको भिडियो सार्वजनिक भएपछि मालपोत कार्यालय बैतडीका प्रमुख अशोक सार्कीको सरुवा भएको हाे ।

कार्यालयमै घुस लिएकाे भिडियाे सार्वजनिक भएपछि सार्कीकाे विभागमा सरुवा भएकाे बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।उनलाई विभागले तीन दिने स्पष्टीकरण साेधेर सरुवा गरेकाे हाे ।

गत बुधबार पाटन नगरपालिका– ८ का धनसिंह बिष्ट र नरबहादुर बिष्ट दाजुभाइबाट सार्कीले १० हजार रुपैयाँ घुस लिएको भिडियो मिडियाहरूबाट सार्वजनिक भएको थियो।

छुट पुर्जा दिने क्रममा उनले पटक–पटक गरेर ५१ हजार घुस लिएको आरोप लागेको थियो भने ३० हजार रुपैयाँ घुस लिएको भिडियो नै सार्वजनिक भएको थियो।

मालपोत प्रमुख सार्कीलाई शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी शर्माले बोलाएर घुसकाण्डबारे सोधपुछ गरेका थिए। कार्यालयमा सेवाग्राही आफैँले पैसा राखेर भिडियो खिचेको बताए पनि उनले पटक–पटक घुस लिएको भिडियोको विषयमा सोध्दा नाजवाफ भएका थिए।

सार्कीको सरुवा भएपछि मालपोत कार्यालयमा निमित्त प्रमुखको जिम्मा नासु जगदीशप्रसाद तिवारीलाई दिइएको कार्यालयकी सूचना अधिकारी प्रतीभा गैरेले बताइन्।

प्रतिक्रिया