बैतडी : बैतडीमा जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स दुर्घटना भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका –८ खोड्पे नजिकै दुर्घटनामा परेको हो ।
देहीमाण्डौंबाट एक गर्भवती महिलालाई बोकेर डडेल्धुरा अस्पताल जाँदै गरेको सु.प.प्र.०१००१ ह ४०४ नम्बरको एम्बुलेन्स बुधबार दिउँसो २ बजेतिर सडक छेउमै पल्टेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए । एम्बुलेन्समा ती महिलाका दुईतीन जना आफन्त पनि सवार रहेका बताइएको छ ।
एम्बुलेन्समा सवार सबै सकुशल रहेका र उनीहरुलाई अर्को गाडीमार्फत डडेल्धुरा पठाइएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।
प्रतिक्रिया