बैतडी : बैतडीमा दसैं, तिहार र छठ पर्वका लागि सुरक्षा योजना बनाइएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिल्लामा लागू गर्नका लागि सुरक्षा योजना बनाइएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाका अनुसार सुरक्षा योजना अन्तर्गत जिल्लाभर ४ सय प्रहरी परिचालन गरिने भएको छ । ‘चाडपर्वमा हुनसक्ने सम्भावित घटना र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गरेका छौं,’ उनले भने, ‘चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन् ।
उनका अनुसार दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको छ भने विगतका वर्षमा चाडपर्वको अवधिमा हुने आपराधिक गतिविधिलाई पनि विश्लेषण गरिएको छ ।
यस्तै यात्रुहरुकै समस्यालाई ध्यानमा राखेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गर्ने कुरा समेत सुरक्षा योजनामा समेटिएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।
प्रतिक्रिया