बैतडी : महेन्द्रनगरबाट बैतडीको पञ्चेशवर तर्फ जाँदै गरेको ना ८ ख ६३६१ नम्बरको बसको ढोकाबाट खसेर एक युवक गम्भीर घाइते भएका छन् । बस रोक्न खोज्दा जिल्लाको मेलौली नगरपालिका-७ काडाँ बस्ने बर्ष १८ का बस सहचालक नविन भट्ट घाईते भएको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए ।
घाइते भट्टलाई प्राथमिक स्वस्थ्य केन्द्र मेलौलीमा समान्य उपचार पश्चात थप उपचारको लागी डडेल्धुरा अस्पताल पठाएको अवस्था गम्भीर रहेकाे स्रोतले बताएको छ ।
उनलेको दाहिने कानबाट रगत बगी रहेको छ । चालक दिपक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया