२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीका ३ पालिकामा नयाँ हाकिम,को का आय ?

SansherOnline SansherOnline
शुक्रबार २८, भदौ २०८१ ०८:४५
बैतडीका ३ पालिकामा नयाँ हाकिम,को का आय ?

बैतडी : सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ ।

जस अनुसार बैतडीको तीन स्थानीय तहमा पनि प्रमुख प्रशासकीय अधिकृतको पदपुर्ती गरिएको छ । मन्त्रालयले जिल्लाको सुर्नया, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदपुर्ती गरेको हो ।

शिवनाथ गाउँपालिकामा सरोज पाण्डेयलाई खटाएको छ, भने  पञ्चेश्वर गाउँपालिकामा महेश पार्कीलाई खटाएको छ । यसैगरी सुर्नया गाउँपालिकामा ज्योती कुमारी बोहरालाई खटाइएको छ । बजेट कार्यान्वयनको चरणमा लैजाने क्रममा प्रशासकीय अधिकृत खटाएपछि कार्यसम्पादनमा निकै सहज हुने स्थानीय तहको भनाइ छ ।

प्रतिक्रिया