२०८१ असोज ०१ गते मङ्गलबार
ट्रेन्डिङ

मृतक बालकका परिवारलाई क्षतिपूर्ति साढे ६ लाख दिने सहमतिपछि खुल्यो जयपृथ्वी राजमार्ग

SansherOnline SansherOnline
शनिबार २२, भदौ २०८१ १०:०१
मृतक बालकका परिवारलाई क्षतिपूर्ति साढे ६ लाख दिने सहमतिपछि खुल्यो जयपृथ्वी राजमार्ग

बैतडी : बैतडीमा करेन्ट लागेर बालकको मृत्यु भएपछि आक्रोसित स्थानीयले अवरोध गरेको जयपृथ्वी राजमार्ग ११ घण्टापछि पुन:सञ्चालन भएको छ। क्षतिपुर्ती बाफत पाउने ५ लाख र विद्युत कार्यालयले थप डेढ लाख दिने सहमतीपछि गएराती २ बजेदेखि राजमार्ग खुलेको हो । राजमार्ग हिजो दिउँसो साढे-४ बजेदेखि अबरुद्ध पारिएको थियो ।

सिगास गाउँपापलिका ९ बाच्पानी बस्ने  दिपक बोहराका १३ वर्षीय छोरा बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार दिउँसो घरनजिकैको जंगलमा बाख्रा चराउन गएका बसन्तको  भुई नजिकैबाट तानिएको तारमा छोइनगई करेन्ट लागेर मृत्यु भएको हो । 

विद्युत वितरण केन्द्रले लाईन विस्तारमा लपरवाही गरेर तानिएको तारमा छोइनगई उक्त घटना भएको र यस घटनाको पूर्ण जिम्मेवारी विद्युत वितरण केन्द्रले नै लिनुपर्ने माग सहित स्थानीयहरु आक्रेशीत भएका थिए । 

बिमा रकमसहित साढे ६ लाख पिडितले पाउनेगरी सडक खुलाइएको आफन्तहरुले बताएका छन् । 

 

प्रतिक्रिया