२०८१ असोज ०१ गते मङ्गलबार
ट्रेन्डिङ

सिगास-९ बाजपानीमा करेन्ट लागेर बालकको मृत्यु भएपछि स्थानीले गरे राजमार्ग बन्द

SansherOnline SansherOnline
शुक्रबार २१, भदौ २०८१ ०६:२७
सिगास-९ बाजपानीमा करेन्ट लागेर बालकको मृत्यु भएपछि स्थानीले गरे राजमार्ग बन्द

बैतडी : बैतडीको सिगास गाउँपालिका-९ बाजपानीका १३ वर्षीया बसन्त बोहराको करेन्ट लागेर मृत्यु भएपछि स्थानीयले सडक बन्द गरेका छन् । करेन्ट लागेर आज करिब ९ बजेको समयमा मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त र स्थानीयले जयपृथ्वी राजमार्ग अवरुद्ध गरेका हुन् । 

बाख्रा चराउने क्रममा भुइ नजिकैबाट लत्रीएर तानिएको तारमा छोइन गइ करेन्ट लागेर बोहराको घटनास्थलमै मृत्यु भएको थियो ।

मृतकका आफन्तहरूले क्षतिपूर्तिको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सडक अबरुद्ध पारेका हुन् । 
इलाका प्रहरी कार्यालय पाटनको टोली घटनस्थलमा छ ।

प्रतिक्रिया