२०८१ असोज ०१ गते मङ्गलबार
ट्रेन्डिङ

सिगास-९ बाजपानीका बसन्तको करेन्ट लागेर मृत्यु , लापरबाही तवरले तार तानिएका थिए

SansherOnline SansherOnline
शुक्रबार २१, भदौ २०८१ ०२:५०
सिगास-९ बाजपानीका बसन्तको करेन्ट लागेर मृत्यु , लापरबाही तवरले तार तानिएका थिए

बैतडी : बैतडीमा करेन्ट लागेर एक बालकको मृत्युु भएको छ । जिल्लाको सिगास-९ बाजपानी बस्ने दिपक बोहराका १३ वर्षीय छोरा बसन्त बोहराको मृत्यु भएको हो ।  

शुक्रबार मध्याह्न करिब ९ बजेको समयमा स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा  चराउन गएका बोहराले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विधुतको तारमा करेन्ट लागेर बोहराको मृत्यु भएको स्थानीय शिक्षक मान सिंह भाटले जानकारी दिए ।  

बाख्रा चराउने क्रममा भुइ नजिकैबाट लत्रीएर तानिएको तारमा छोइन गइ करेन्ट लागेको हो ।
खोडपे देखि श्रीभावरसम्म तानिएको लाइनमा उक्त घटना भएको हो । भुइ नजिकैबाट लापरबाही तवरले तार तानिएको स्थानीयहरुले बताएका छन् । विधुतको चरम लापरबाहीले यो घटना भएको स्थानीयको आरोप छ । 

यस अघि पनि उक्त ठाउमा घटना भएका थिए । 

 

प्रतिक्रिया