२०८१ असोज ०१ गते मङ्गलबार
ट्रेन्डिङ

बैतडीमा जबरजस्तीकरणीको आरोपमा शिक्षक पनि पक्राउ

SansherOnline SansherOnline
बिहिबार २०, भदौ २०८१ १०:०६
बैतडीमा जबरजस्तीकरणीको आरोपमा शिक्षक पनि पक्राउ

बैतडी : बैतडीमा बलात्कारको आरोपमा शिक्षक पक्राउ परेका छन् । पाटन नगरपालिकाको एक विद्यालयका अध्यापन गराउदै आएका शिक्षक २८ बर्षीय लक्ष्मीकान्त पनेरु पक्राउ परेका हुन् । 

करिब ३ महिना अघि नै कक्षा ८ मा अध्ययनरत छात्रामाथि जबरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा निवेदन पुगेको थियो । पनेरुलाई बिहिबार कैलालीबाट पक्राउ गरी बैतडी ल्याइएको छ । 

घटनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया