२०८१ असोज ०१ गते मङ्गलबार
ट्रेन्डिङ

सिगासको गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामी बलात्कारको आरोपमा पक्राउ

SansherOnline SansherOnline
बिहिबार २०, भदौ २०८१ ११:४६
सिगासको  गाँजरी स्वास्थ्य चौकीका इन्चार्ज जनकसिंह धामी बलात्कारको आरोपमा पक्राउ

बैतडी : ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका- २ गाँजरी स्वास्थ्य चौकीका प्रमुख ४१ वर्षीय जनक सिंह धामीलाई पक्राउ गरेको छ । धामीलाई बुधबारनै नियन्त्रणमा लिइएको थियो । 

बुधबार पीडित महिलाले दिएको जाहरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बलराम पाण्डेले बताउनुभयो । आरोपित सिअहेब धामी जिल्लाको उत्कृष्ट स्वास्थ्यकर्मिका रुपमा समेत परिचित थिए ।

धामीले विभिन्न प्रलोभनमा पारि पटक-पटक जबरजस्तीकरणी गरेको पीडितको आरोप छ ।

प्रतिक्रिया