२०८१ माघ २३ गते बुधबार
ट्रेन्डिङ

करेन्ट लागेर एक महिलाको मृत्यु

SansherOnline SansherOnline
सोमबार १७, भदौ २०८१ ०८:३३
करेन्ट लागेर एक महिलाको मृत्यु

बैतडी : बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार अप्रान्ह साढे ४ बजेको समयमा पाटन नगरपालिका-६ स्थितकाकी ५७ वर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो । 

करेन्ट लागेर मृत्यु भएको आफन्त समेत रहेका पाटन नगरपालिकाका कार्यपालिका सदस्य खेमराज लुहारले जानकारी दिए । करेन्ट लागेर गम्भिर घाइते अवस्थामा रहेकी लुहारलाई स्थानीयले उद्धार गरी उपचारको लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । 

घरको भान्सा कोठामा मिटरबक्स राखिएको बुझिएको छ । सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने ग्याबिन तार तानिएको  र सोही तारमा करेन्ट बहेर करेन्ट लागेको हुन सक्ने आँकलन गरिएको छ ।   

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

 

प्रतिक्रिया