२०८१ भदौ २६ गते बुधबार
ट्रेन्डिङ

सिगासको टोली योजनाहरुको मागगर्न काठ्माण्डौँ , विकासका लागि मन्त्रालयमा ज्ञापनपत्र पेस

SansherOnline SansherOnline
शुक्रबार २५, साउन २०८१ ०९:५९
सिगासको टोली योजनाहरुको मागगर्न काठ्माण्डौँ , विकासका लागि मन्त्रालयमा ज्ञापनपत्र पेस

बैतडी : बैतडीको सिगास गाउँपालिकाको टोली पालिकामा महत्वपुर्ण योजनाहरुको मागगर्न काठ्माण्डौँ गयको छ ।  गाउँपालिका अध्यक्ष हरिसिंह धामीको नेतृत्वमा केहि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी सहितको टोली काठ्माण्डौँ गयका हुन । गाउँपालिकाको टोलीले संघीय सरकारका सबैजसो मन्त्रीहरुलाई भेटेर योजनाको माग गर्ने जनाएको छ ।

गाउँपालिकामा स्थाई प्रहरी चौकीको स्थापना, १५ सइयाको अस्पताल निर्माण गर्न बजेट विनियोजन, गाउँपालिकाको प्रशासकीय भवन निर्माण तथा पालिका स्तरिय खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिदिन र सिगास स्थीत गाजँरी–कुर्चेनेटा–गर्जे सडक र गाँजरी–धौलाडी–गर्जे–थलाकाडाँ सडकलाई गतिशिल बनाई काम अघि बढाइदिन भन पालिकाको टोली काठ्माण्डौँ गयको हो ।

गाउँपालिकाभित्र विद्युतिकरण गर्न र पर्यटन प्रवद्र्धनका लागि संघीय सरकारबाट बजेट छुट्याइदिन बैतडीबाट निर्वाचित सांसद एंव सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई गाउँपालिका अध्यक्ष धामीले अनुरोध गर्नुभयो । आफुहरु सबैजसो मन्त्रीहरुलाई भेटेर ज्ञापनपत्र पेश गर्ने तयारी गरेकोमा उक्त कार्यको नेतृत्व गरिदिन मन्त्री भण्डारीलाई आग्रह गर्नुभयो । 

ज्ञापनपत्र

letter-1-1722867910.jpg

letter-2-1722867904.jpg

 

प्रतिक्रिया