२०८१ माघ २३ गते बुधबार
ट्रेन्डिङ

भासु भिरमा देखिएको भुत : फेसबुकमा स्टाटसहरु भाइरल,वास्तविकता यस्तो

SansherOnline SansherOnline
बुधबार १६, साउन २०८१ ०७:२१
भासु भिरमा देखिएको भुत : फेसबुकमा स्टाटसहरु भाइरल,वास्तविकता यस्तो

अहिले सामाजिक सञ्जाल फेसबुकमा भासु भिरमा यस्तो अचम्मको भुत देखियो भन्दै स्टाटसहरु निकै भाइरल बनेका छन् । असामान्य देखिने तस्बिर राखेर यही साउन ११ गते भासु भीर बाट  बाट १०० मिटर सहजपुर साइडमा ड्राइभरले नै खिचेको भन्दै दाबी पनि गरेका छन् । 

तर सुदूरपश्चिमको भासु भिरमा भुत देखियो भन्दै साल, गते र समय सहित उल्लेख गरेर पोष्ट गरेको तस्विर पूर्णतया झुटो र भ्रमपूर्ण रहेको पाइएको छ । उक्त फोटो बारे थप बुझ्दा यही फोटो विभिन्न मिति र समयमा भारतदेखि नेपालसम्मका विभिन्न व्यक्तिले आफ्नो लाईक, भ्युअर्स बढाउन हल्ला फैलाएको पाईएको छ।

भासु भीरमा खिचिएको भनेर दाबी गरिएको तस्बिर सिरियलबाट स्क्रिरिनसट लिएर इडिट गरेको पनि पाइएको छ । सत्य कुरा के हो थाहा नपाई धमाधम सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दा अहिले यात्रुहरु त्रसित बनेका छन् ।

प्रतिक्रिया