बैतडी : बैतडीमा सुन्दर स्वराड अभियानको थालनी गरिएको छ । बैतडीको तल्लो स्वराडलाई सफा, सुन्दर, हरियाली र हराभरा बनाउने उद्देश्यले सुन्दर स्वराड अभियानको थालनी गरिएको हो ।
आज साउन १५ गने खिर खाने दिनको अवसर पारि तल्लो स्वराडको प्रवेशद्धार रहेको मेलौली नगरपालिका वडा नम्बर २ स्थित सलेना बजार क्षेत्रमा विभिन्न फुलका बोटबिरुवा रोपेर अभियानको थालनी गरिएको हो ।
सो अभियान अन्तरगत पहिलो चरणमा स्वराड क्षेत्रका मुख्य बजार क्षेत्रमा सरसफाई गरिने खाली रहेको बजार क्षेत्रमा बोटविरुवा रोपिने सुन्दर स्वराड अभियान्ता बिन्दु चन्दले बताउनुभयो ।
आज अस्थायी प्रहरी पोष्ट सलेना, धर्मघर उ.मा.वि सलेनाका शिक्षक बिद्यार्थी, वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण भट्ट, सलेना बजार व्यवस्थापन समितिका अध्यक्ष दामोदर जोशि लगायतको सहभागिता, सहयोग तथा सहकार्यमा फुलका बोटविरुवा रोपिएको चन्दले बताइन् ।
यस्तै स्वराडका ३ पालिका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका सबै मुख्य बजार तथा बिद्यालय क्षेत्रमा सरसफाई गरिने उहाँले बताउनुभयो ।
यस्तै दुर्गन्धित देखिने क्षेत्र अर्थात खाली रहेका बजार क्षेत्रको सौन्दर्य बढाउनका लागि फुल तथा विभिन्न किसमका बोटविरुवाहरु रोपिने उहाँले बताउनुभयो ।
“हमरो संस्कृति बचाउँ, हमरो पहिचान जोगाउँ, स्वराडलाई सुन्दर सफा र हरियाली बनाउँ” भन्ने मुल नारा रहेको उहाँ भनाइ छ ।
यस्तै स्वराडको पहिचान जोगाउने तथा स्वराडको मौलीक कला भाषा संस्कृतिको उजागर तथा संरक्षण सम्बर्दन गर्ने उद्देश्यले सुन्दर स्वराड अभियानको थालनी गरिएको चन्दले बताउनुभयो ।
यस्तै सुन्दर स्वराडको अभियानमा सहभागि भइ आ–आफ्नो ठाउँबाट हातेमालो गर्न पनि उहाँले स्वराडवासीहरुमा अनुरोध समेत गर्नुभएको छ ।
प्रतिक्रिया