२०८१ पुष १८ गते बिहिबार
ट्रेन्डिङ

सिगास : पहिरो खस्दा आठ परिवारको घरखेतमा क्षति,प्रहरीले घटनास्थलमा पुगी मुचुल्का उठाइयो

SansherOnline SansherOnline
मङ्गलबार १५, साउन २०८१ ०५:५३
सिगास : पहिरो खस्दा आठ परिवारको घरखेतमा क्षति,प्रहरीले घटनास्थलमा पुगी मुचुल्का उठाइयो

बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं ३ भुडेश्वरमा खसेको पहिरोको क्षतीवारे मुचुल्का उठाईएको छ । सोमबार प्रहरीले घटनास्थलमा पुगी मुचुल्का उठाएको सिगास गाउँपालिका वडा नं ३ का अध्यक्ष अमरसिं धामीले वताए । 

आईतबार लगनसिन्याखेत गर्जे सडकबाट आएको भेलले माटो समेत बगाउँदा आठ परिवारको खेतमा क्षती पु¥याएको छ । भुडेश्वरका दुईजना जसवीर साउँद र गणेश साउँदको घर जोखिममा रहेको छ ।
 वडा अध्यक्ष धामीले भने भेलले ल्याएको लेदो घरमा आयो भने समस्या हुने तर तत्कालीन समस्या नभएपनि पानी पर्दा छिमेकीकोमा बस्न सुझाव दिएका छौ  । 

क्षतीको अवस्था  हेरी आवस्यक राहतको प्रवन्ध गरिन लागेको वडा कार्यालयले जनाएको छ । 
लगनसिन्याखेत गर्जे सडक आर्थिक बर्ष २०७६÷७७ देखि बिप्याकटाल, लगनखेत हुँदै पालिकाको वजेटमा निमार्ण भइ आर्थिक बर्ष २०८०÷८१ मा पालिका मुकाम गर्जेमा पुगी सम्पन्न भएको हो । 

गाउँपालिका प्रवक्ता समेत रहेका वडा अध्यक्ष धामीले सिगास गाउँपालिका बाढी पहिरोको उच्च जोखिममा रहेको वताउँदै ढुगाँड ,लेकम न्याघर ,श्रीवारको तल्लो क्षेत्र लगाएत तटिय क्षेत्रहरु बर्षेनी बाढी पहिरोको उच्च जोखिममा रहेको वताए ।
 

प्रतिक्रिया