२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

खोड्पे बजार क्षेत्रको सडक फराकिलो बनाइने,आवश्यक छलफल सुरु

SansherOnline SansherOnline
शनिबार १२, साउन २०८१ ०७:२९
खोड्पे बजार क्षेत्रको सडक फराकिलो बनाइने,आवश्यक छलफल सुरु

बैतडी : बैतडीको खोड्पे बजारलाई फराकिलो र स्तरोन्नतीको लागि आवश्यक छलफल सुरु गरिएको छ । आज शनिबार बजार व्यवस्थापन समितिका पदाधिकारी, व्यावसायी, जनप्रतिनिधिहरुबीच बजारलाई व्यवस्थीत बनाउनको लागि छलफल भएको थियो ।

छलफलका सहभागिहरुले बजारलाई व्यवस्थीत बनाउनको लागि, खोका छाप्रा व्यवस्थापन गर्नुपर्ने, सडकछेउमा नाली निर्माण गर्नुपर्ने, विद्युत लाईन विस्तार गर्नुपर्ने विषयमा धारणा राखेका थिए । 
सडकको एक मिटरभित्रै निर्माण गरिएका खोकाछाप्रा तथा संरचनाहरु हटाउनुपर्ने विषयमामा अधिकांश व्यावसायीहरुले सहमती पनि जनाएका छन् ।  

संरचना हटाउने विषयमा एक समिति पनि गठन गरेको छ । समितिले आवश्यक सुझाव र राय प्रस्तुत गरेपछि बजार व्यवस्थापन समितिको अर्काे बैठकबाट निर्णय गरी सडक डिभिजन कार्यालयमा पठाउने बजार व्यवस्थापन समितिका सचिव सन्तोष कुमार राईले जानकारी दिए ।   

बजारलाई थप व्यवस्थीत बनाउनका लागि सबै व्यावसायी र घरधनीले आवश्यक सहयोग गनुपर्ने बजार व्यवस्थापन समितिका अध्यक्ष राम सिंह बिष्टले बताए । 

 

 

 

प्रतिक्रिया