भारतको उत्तराखण्ड प्रदेश स्थित पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिएको छ । भारतीय पक्षले बाँध खोलीसकेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई मौखिक जानकारी दिएको थियो ।
त्यसपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली तटिय किनारका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरेको हो ।
शनिबार बिहान ८ बजे नै धौलीगंगा बाध खोलिएको हो भने आइतबारसम्म खुला नै रहने बताइएको छ ।
यस अवधिमा महाकालीको वहाब बढ्ने भएकाले तटीय किनारका बासिन्दाहरुलाई सतर्क रहन भनेका हो ।
प्रतिक्रिया