२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

नेकपा एस फुटाउने कोसिस, माधव नेपालले दिए यस्तो चेतावनी...

SansherOnline SansherOnline
बिहिबार १०, साउन २०८१ ०६:०५
नेकपा एस फुटाउने कोसिस, माधव नेपालले दिए यस्तो चेतावनी...

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको भन्दै कतैबाट पार्टी फुटाउने प्रयास भइरहेको संकेत दिनुभएको छ ।

उहाँले केन्द्रीय कमिटीको बैठकमा सुनेको कुरा सत्य भए षडयन्त्र गम्भीर खालले अगाडी बढेको जानकारी दिनुभएको छ । उहाँले कस्तो षडयन्त्र भनेर नखुलाए पनि पार्टीलाई विभाजन गराउने खेल भइरहेको प्रति नेताहरूमा संकेत गर्नुभएको छ ।

बिहीबार(आज) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा उहाँले पार्टीविरुद्ध विभिन्न षड्यन्त्र भइरहेको कुरा पनि सुन्नमा आएको बताउनुभयो । 

पार्टीविरुद्ध षड्यन्त्र सुरु भएको र त्यसको गहन विश्लेषण गरेर जानकारी हासिल गरी पूर्ण सतर्कता अपनाउनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हाम्रा विरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरू बुनिँदै छन् भन्ने कुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो , कति असत्य हो ? थाहा छैन ।’

उहाँले सुनेका वा अरूले सुनाएका सबै कुरा असत्य नहुने बताउनुभयो । यसबारे सबैले गहन रुपमा अनुसन्धान  गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले नेताहरूले यो विषयमा जानकारी लिनुपर्ने बताउनुभयो । जानकारी लिएर यस विषयमा आफ्नो तर्फबाट पूर्ण सतर्कता अपनाउनुपर्ने विभिन्न राजनीतिक दलहरूसँग, राजनीतिक शक्ति हरूसँग संवाद गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया