२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना

SansherOnline SansherOnline
बिहिबार १०, साउन २०८१ ०८:३९
केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना

आज दिउँसो कोशी, बाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई  ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती र  सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा राति ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया