२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

गोठलापानीका सडकमा चरम बेथिति,वसपार्क खाली

SansherOnline SansherOnline
मङ्गलबार ०८, साउन २०८१ ०८:५३
गोठलापानीका सडकमा चरम बेथिति,वसपार्क खाली

बैतडी : बैतडी सदरमुकाम गोठलापानीका सडकमा चरम बेथिति छ । बसपार्कमा जीपकार र वस राख्ने यातायात संचालक, वसव्यवसायी समिति, दसरथचन्द नगरपालिका र सरोकारवालाहरु विच सहमति भएको थियो ।  तर  केहिदिन सहमतिअनुसार वसपार्कमा जीप राखेपनि पछि सहमतीलाई उल्लंघन गर्दै जीपकार चालकहरुले सवारीसाधनलाई वसपार्कमा नराखी बजारको सडकको छेउछाउमा राख्ने गरेका छन् । 

यो कुरा महाकाली बहुउद्देशीय प्रालि बैतडीका संयोजक त्रिलोक थापाले स्वीकार गरेका छन् ।“हो सवारीसाधन सडक छेउमै राखेका मैलेपनि देखेको छु हामा्रे कम्पनीको भन्दा पनि अरु कम्पनीका सवारीसाधन चालक मनपरी गर्छन” । संयोजक थापाले भने ।

सवारीसाधन लाई अव्यवस्थीत सडक छेउछाउमा पार्किङ गर्न मिल्दैन् । नगरपालिकाले प्रत्येक आर्थिक वर्षको सुरुवातमा वसपार्कको पार्किङ शुल्कको लागि टेन्डर अह्वान गर्ने गर्दछ । तर चालु आ.व को भने टेन्डर अह्वान गरेको छैन् । जनशक्ति कम भएकाले सबैठाउँतिर जान नसकेकाले सडक छेउछाउँको पार्किङ गरेको थाहा नभएकाले यो विषयमा बुझेर पार्किङ व्यवस्थापन गरिने बैतडी ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक धिरज पाठकले बताउनु भयो । 

टेन्डरमा अह्वान गरेको भन्दा वढि पार्किङ शुल्कलिने गरेकाले वसपार्कमा पार्किङ नगरेको सवारीसाधन चालकहहरुले बताउनु भयो । बजारको चौराई पनि साघुरो र त्यसमा पनि जिपकारको भिडले बजारको सौन्दर्यता घटनुका साथै सर्वसधारणहरुलाई आवतजावतमा समस्या हुने गरेको र सडक दुर्घटना निम्तीने देखिन्छ । 

 

 

 

प्रतिक्रिया