२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

भत्तामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य बैतडीमा छैन,चिनता र दुःख गर्नु प्रदैन

SansherOnline SansherOnline
बुधबार २७, असार २०८१ ०६:००
भत्तामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य बैतडीमा छैन,चिनता र दुःख गर्नु प्रदैन

बैतडी : अहिले जिल्ला प्रशासन कार्यालय बैतडीमा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहिहरु दिनैदिनै राष्ट्रिय परिचयपत्र बनाउनेको जिल्ला प्रशासन कार्यालय बैतडीमा घुईचो लाग्ने गरेको छ ।

नेपाल सरकारले पहिलो चरणमा यही श्रावण १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने गरि निर्णय गरेको छ । राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लाभित्र बैतडी प्रदैन ।

बैतडीमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिहरुलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य नभएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले बताउनु भयो । “टाढाँटाढाँ बाट सामाजिक सुरक्षा भत्ताको लागिमात्र राष्ट्रिय परिचयपत्र बनाउनुको लागि दुःख गर्नु प्रदैन । यदी सरकारले बैतडीलाई पनि अनिवार्य गरेभने वडा वडामा राष्ट्रिय परिचयपत्रको टोली पनी खटिन्छ ।” प्रजिअ शर्माले भन्नुभयो ।

अहिले गाउँघरतिर सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र बनाउनु पर्छ भन्ने हल्ला फैलिएको छ । यो हल्लाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहि आत्तिएर महंगो भाडातिरेर गाडीनै बुक गरेर समेत राष्ट्रिय परिचयपत्र वनाउनको लागि जिल्ला प्रशासन कार्यालय बैतडी आउने गरेको छन् ।

यी हुन् सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्ला

झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँका लागि यस्तो अनिवार्य व्यवस्था गरिएको हो ।

टाढाँटाढाँबाट सामाजिक सुरक्षा भत्ताको लागि जिल्ला प्रशासन कार्यालय बैतडी आउँदा बुढापाखाहरुले दुख पाईरहेका छन् । समाजिक सुरक्षाभत्तामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका जिल्लाहरुमा पनि वडावडामा राष्ट्रिय परिचयपत्र बनाउने टोली खाटाउनमा सहयोग गरिदिन गृह मन्त्रालयले स्थानियतहलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया