२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

साहित्यकार हेमबाबु लेखक सम्मानित

SansherOnline SansherOnline
मङ्गलबार २६, असार २०८१ ०९:५१
साहित्यकार हेमबाबु लेखक सम्मानित

महेन्द्रनगर : साहित्यकार हेमबाबु लेखक सम्मानित हुनुभएको छ । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका सभाकक्षमा आयोजित काव्य गाेष्ठीमा लेखक सम्मानित हुनुभएको हो ।

विगत लामो समयदेखि नेपाली तथा डोट्याली भाषा, साहित्य, संस्कृति तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्दै आउनुभएका लेखकले नेपाली तथा डोट्याली भाषा संरक्षण, सम्बर्धन तथा विकासका लागि योगदान गरेको भन्दै आयाेजक गुगुल्डि वाङमय प्रतिष्ठानले सम्मान गरेको कुरा प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्दले बताउनुभयो ।

विभिन्न क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्‍याउनुहुने समाजका उदाहरणीय व्यक्तित्वहरूलाइ समेत सो अवसरमा सम्मान गरिएको छ ।

भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा सामाजिक एवं परोपकारी कार्यमा समर्पित लेखकलाई प्रतिष्ठानले नगर पुरस्कारसहित “ग्वाल्लेक गौरव सम्मान” अर्पण गरिएको साहित्यकार रमेश पन्त मीतबन्धुले जानकारी दिए ।

दुई दशकभन्दा लामो समयदेखि निरन्तर लृखनमा सक्रिय साहित्यकार लेखकका विभिन्न विधाका आधा दरणजन बढी कृति प्रकाशित छन् ।

प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्दको सभातित्व र वेदकाेट नगरपालिका कञ्चनपुरका मेयर भाेजराज बाेहराका प्रमुख आतिथ्यमा आयोजित प्रतिष्ठानकाे ७ औं वार्षिकोत्सव समारोहमा डा.श्यामप्रसाद न्यौपाने, डा. हरिश्चन्द्र भट्ट, प्रा. हुमाकान्त पाण्डेय, खगेन्द्र गिरि’काेपिला’, यज्ञराज पन्त, श्रीजनश्री, कविराज भट्ट , सुरेन्द्रराज ओझा, प्रेमप्रकाश कलौनी, एनडी भट्ट, दीरणघबहादुर चन्द, कल्यान ओझा, सरस्वती भाट धामी, पूरन दयाल लगायतका साहित्यकारहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया