बैतडी ; बैतडीको सिगाँस गाउपालिकामा लगातार अविरल वर्षाका कारण बनाएका टावर इन्टरनेटले काम गर्न छोडेको छ । असार मासन्तको मुखैमा लगातार यहि १९ गतेबाट वर्षा भइरहेको र अन्य कार्यालयको लेखापालले काम चलाई दिने भएकाले पाटन आएर जनताले काम गरेको भुन्तानी दिनुपर्न बाध्यताले पाटन पु¥याएको हो ।
कोलोजिङ टाइम भएकाले लेखापाललाई सिगाँस बोलाउदा लेखापाल कार्यरत कार्यालयको काममा बाधा पुग्ने भएकोले पाटन आएर काम गरिरहनु बाध्यता हो । गाउपालिकाका अध्ययक्ष हरि सिह धामी र प्रमुख प्रशासकिय अधिकृत रघुनाथ अवस्थी सहितका आवस्यक कर्मचारीहरु सिगाँसका जनताको काम गरेका थिए ।
सिगाँस गाउपालिकाले हरेक वर्ष समस्या खप्नु परेको छ । गतवर्ष असारको मुखैमा प्रमुख प्रशासकिय अधिकृत नहुदा समस्या भएको थियो । पछि सुर्नाया गाउपालिकाका र हाल सिगाँसकै प्रमुख प्रशासकिय अधिकृतले काम चलाएका थिए । यो वर्ष लेखापाल नहुदा सिगाँसले दु:ख खप्योनु परेको छ ।
सिगाँस गाउपालिका बैतडीका अन्य पालिका भन्दा भैगोलिक हिसाबले विकट गाउपालिका हो । सिमित स्रोत साधनले धेरै काम गर्नुपर्ने बाध्यता छ ।
प्रतिक्रिया