२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने

SansherOnline SansherOnline
सोमबार २५, असार २०८१ १२:३३
आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने

आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि देशैभरि ठूलो वर्षा भइरहेकाेमा आजदेखि वर्षा हुने क्रममा केही कमी आउने सम्भावना रहेको छ । यद्यपि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधारा मापन केन्द्रमा सबैभन्दा धेरै ६ सय २२ मिलिमिटर वर्षाको मापन भएको छ । यस्तै कैलालीको धनगढी विमानस्थल मापन केन्द्रमा १ सय २५ मिलिमिटर वर्षाको मापन भएको छ । कञ्चनपुरको हनुमाननगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा धेरै पानी परेकाे र थप पानी पर्नसक्ने हुँदा यस क्षेत्र भई बग्ने धेरै नदीहरूमा जलसतह खतरा तहभन्दा माथि रहेकाले उच्च सतर्कता उपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया