२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

प्रभु बैंकको नयाँ शाखा बैतडीको देहीमाण्डौंमा सञ्चालन

SansherOnline SansherOnline
बुधबार ३०, जेठ २०८१ ०६:५६
प्रभु बैंकको नयाँ शाखा बैतडीको देहीमाण्डौंमा सञ्चालन

बैतडी : प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैतडीमा पनि नयाँ शाखा सञ्चालनमा आएको छ । जिल्लाको देहीमाण्डौंमा प्रभु बैंकले आफ्नो सेवा विस्तार गरेको शाखा प्रबन्धक सुरेश बिष्टले जानकारी दिए ।  

बैंकले एटीमसहित सबै बैंकिङ कारोबार सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बिष्टले जानकारी दिए । (क) वर्गको वाणिज्य बैंकको रुपमा रहेको प्रभु बैंकले बैतडीमा ३ सय ३ औं शाखा विस्तार गरेको हो ।  

देहीमाण्डौंमा बैंक सञ्चालनमा आएपछि स्थानीय नागरिकहरुलाई बैंकिङ कारोबारका लागि सहज भएको स्थानीयले बताए ।  

प्रतिक्रिया