२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

दुवै मृगौला फेल भएका बैतडीका भट्टलाई  उपचारमा समस्या, आर्थिक सहयोग गर्न सबैलाई अपिल

SansherOnline SansherOnline
बिहिबार १७, फागुन २०८० १२:१३
दुवै मृगौला फेल भएका बैतडीका भट्टलाई  उपचारमा समस्या, आर्थिक सहयोग गर्न सबैलाई अपिल

बैतडी : दुवै मृगौला फेल भएका बैतडीका भट्टलाई  उपचारमा समस्या भएको  छ ।  जिल्लाको सुर्नया गाउँपालिका  वडा नं  ३ तडीगाउँ घर भई हाल कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ६ मौरीफाटा बस्दै  आएका ४४ वर्षिय   राजेन्द्र प्रशाद भट्टको आर्थिक अभावले उपचारमा समस्या भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि उनी करिब तीन महिना पहिले काठमाण्डौँ गएका थिए । काठमाण्डौँ गएर स्वास्थ्य परीक्षण गर्दा उनको दुवै  मृगौला फेल भएको रिपोर्ट आएको  थियो । उच्च रक्तचापका कारण दुवै मिर्गौला फेल भएर करिब तीन महिना देखि उनी डायलासिस गरेर बाँचिरहेका छन् ।

भक्तपुरको धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र भेनश हस्पिटल बानेस्वरमा डायलासिस गरेर बाचिरहेका हुन् । आर्थिक अभावमा अस्पातलको शैयामा छट्पटाइरहेका उनि यतिबेला  जीवन र मृत्युको  दोसाँधमा  छन। दुवै मृगौला फेल भएको रिपोट आएसँगै उनको स्वास्थ्यमा  झन  समस्या बढ्दै गएको उनका भतिजा दिपक भट्टले  बताए ।

तीन महिना देखि काठमाण्डौँमा बसेर  उपचार भैरहेको  र अहिले  सम्म  ७ लाख बढी  खर्च भैसकेको उनले बताए । चिकित्सकले दुईवटै मृगौला फेल भएकाले एउटा मृगौला फेर्नुपर्ने बताएका छन्। श्रीमतीसँग रगत समूह मिलेपनि उनलाई आर्थिक अभावले मृगौला फेर्न समस्या भैरहेको हो ।

मृगौला पीडित भट्टले आर्थिक अवस्था मजबुत नहुँदा  आफुलाई निकै ठूलो समस्या भैरहेको भन्दै सबैलाई आर्थिक सहयोग गर्न  अनुरोध गरेका छन्  । मृगौला प्रत्यारोपणका लागि सहयोग गर्न उनले सबैमा अपिल गरेका हुन् । 

भट्टलाई आर्थिक सहयोग गर्नका लागि  (1) IME address Name : Rajendra Prasad Bhatt address : Baneswor ktm Nepal citizen No : 5612261 (Kanchanpur Nepal) Esewa ID : 9866100173 बैंक विवरण :- (2) खाता नम्बर : 14807010075387 खाताको नाम : RAJENDRA PRASAD BHATT बैंक : Global Ime Bank (3) खाता नम्बर : 37860770352 IFSC : SBIN 0011411 खाताको नाम : Manisha Bhatt बैंक : State Bank Of India Khatim

प्रतिक्रिया