२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

सुन्दरखालीमा रहेको दशरथचन्द माविको ६७ औं वार्षिकोत्सब सम्पन्न

SansherOnline SansherOnline
आइतबार १५, पुष २०८० ०६:४८
सुन्दरखालीमा रहेको दशरथचन्द माविको ६७ औं वार्षिकोत्सब सम्पन्न

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा रहेको दशरथचन्द माविको ६७ औ वार्षिकोत्सब समारोह सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष पार्वती चन्दको अध्यक्षमा सम्पन्न वार्षिकोत्सव समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी,विशिष्ट अतिथिमा दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा विद्यालयका प्रधानाध्यापक नरेन्द्र चन्दको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। वार्षिकोत्सब समारोहकै अवसरमा राधा माधव समिति र डिभाइन युथ क्लबले विद्यार्थीलाई न्यानो लुगा पनि वितरण गरेको छ।

विद्यालयको समग्र विकासको लागि योगदान पुर्याएवाफत विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित पनि भएका छन्। यसका साथै वार्षिकोत्सबको अवसरमा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पुरूस्कार, नृत्यलगायतका प्रस्तुति राखिएका थिए।

प्रतिक्रिया