२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ

सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन

SansherOnline SansherOnline
बिहिबार ०८, बैशाख २०७९ ०७:४९
सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन

बैतडी।बैतडीको सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन गर्ने सहमती भएको छ। अध्यक्षमानेकपा (एकीकृत समाजवादी) समाजवादीका केन्द्रीय सदस्य एबम दार्चुला जिल्ला इन्चार्ज नरेन्द्र बिष्टलाई अध्यक्षको रुपमा उम्मेदवार बनाउने सहमती भएको छ , भने उपाध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनाउने सहमती भएको हो।

उपाध्यक्षमा माओवदी केन्द्रबाट टुङ्गो लाग्न बाँकी छ । वडा बाँडफाँडको पनि टुङ्गो लागेको छैन ।  छलफल जारी रहेकाले भोलीसम्म सबै टुङ्गो लाग्ने अध्यक्षका उम्मेदवार  बिष्टले जानकारी दिनुभएको छ। सत्तागठबन्धनको अर्को दल नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने भएपछि दुई दलले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको माओवादी केन्द्रका सुर्नयाउँपालिका इन्चार्ज स्वेता भट्टले जानकारी दिनुभएको छ ।


 

प्रतिक्रिया