बैतडी :मेरा बाँज परदेश बाइग्या’बोलको ठाडी भाका सार्वजनिक गरिएको छ । बैतडीको पुर्चौंडी नगरपालिका कुवाकोट घर भएका विक्रम कुँवर प्रतीकको ठाडी भाका बजारमा आएको हो ।
उक्त ठाडी भाका बिहीबार विक्रम कुँवर प्रतिक युट्युब च्यानलबाट आएको छ कुँवरले बजारमा ल्याएको ठाडी भाकामा रोजगारीका लागि परदेश गएकाहरुको पीडा समेटिएको छ ।
कुँवरको शब्द,लय र स्वर रहेको छ भने स्वरमा गायिक धर्मा बोहरा (भावना)ले साथ दिएकी छन् । दिपक संगम विसी एरेन्जर रहेको गीतको निर्देशन भीम थापाले गरेका छन् । गीतमा उर्मिला कुँवर र ललित साउँदको अभिनय रहेको छ ।
यसअघि पनि झुपडीका आवाज,पुर्चौंडी घुमौला,मान्छे मान्छे बिचको भेदभाव ,जाउ है साथी र लिपुलेक हाम्रै हो लगायतका दर्जन बढी गीत कुँवरले बजारमा ल्याइसकेका छन् ।
क्लिक गरेमा गीत सुन्न सकिनेछ ।
https://www.youtube.com/watch?v=mQmYRcRJnqA
प्रतिक्रिया