२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
पत्रकार विनोद सिंह विष्ट

बैतडीका पत्रकार विष्ट ‘खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित

SansherOnline SansherOnline
आइतबार ०४, पुष २०७८ ०३:१४
बैतडीका पत्रकार विष्ट ‘खेलकुद पत्रकारिता पुरस्कार’बाट सम्मानित


बैतडी। बैतडीमा लामो समयदेखि क्रियाशिल रुपमा पत्रकारिता गर्दै आउनुभएका पत्रकार विनोद सिंह विष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित हुनुभएको छ । राष्ट्रिय समाचार समिति राससका बैतडी समाचारदाता  विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै  खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो ।  
विष्टलाई आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले  नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गर्नुभएको छ ।   
मन्त्रालयले सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो ।  
बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका विष्ट विगत १२ वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेका छन् ।
उक्त पुरस्कारले खेलकुदको विकास र विस्तारमा कलम चलाउन उर्जा बढेको  बताउदै सम्मानित हुनुभएका पत्रकार विष्टले पत्रकारिता क्षेत्रमा लागिरहन जिम्मेवारी पनि बढाएको बताउनुभयो ।  
सुदूरपश्चिमबाट विष्टसंगै मन्त्रालयले विभिन्न प्रदेशका गरि १० जनालाई सम्मान गरेको छ ।

प्रतिक्रिया