२०८० चैत १५ गते बिहिबार
ट्रेन्डिङ
राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ

“भ्रष्टाचारमुक्त समाजको निर्माण गरौं भन्ने मुलनाराकासाथ“भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बैतडी मा पनि  सम्पन्न

SansherOnline SansherOnline
बिहिबार २३, मङि्सर २०७८ ०२:५०
“भ्रष्टाचारमुक्त समाजको निर्माण गरौं भन्ने मुलनाराकासाथ“भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बैतडी मा पनि  सम्पन्न

आशिस माल बैतडी ।“भस्ट्राचारमुक्त समाज को निर्माण गरौं भन्ने मुल नाराका साथ“भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस बैतडी मा पनि  सम्पन्न भएको छ ।

आज बिहिवार दशरथ चन्दनगरपालिका बैतडी को सभाहलमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस  सम्पन्न भएको हो ।राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइउदै आइरहेको छ ।कार्यक्रम मा बोल्दै नागरिक समाज बैतडी का प्रमुख  गणेश ठ्कुराठी ले कार्यपत्र प्रस्तुत गर्दै यो देसको बिकास को लागि बिदेशि देशहरुले सहयोग गरेको छ । यहा सहि काम गर्ने को जनसंख्या ३% मात्र रहेको छ । भ्रष्टाचारि को संख्या ५०% रहेको  बताएका छन । भ्रष्टाचारगरेर कलकारखाना भाटभटेनी जस्ता संचालन गरेकाछन हामी ले अब सोच्ने बेला आएको छ यस्ता भ्रस्टाचारी हरुलाइ तह लगाउनु पर्ने बेला आएको छ यो देशमा ठुला नेताहरुले मात्र भ्रष्टाचार गरेर देस कुम्ल्याएको आरोप समेत लाएका छन ।

 यस्तै कार्यक्रममा बोल्दै सुर्नयागाउपालिका नागरिक देब बहादुर चन्द ले सुर्नयागाउपालिकाले अहिले सम्म गरेका काम हरुको सुचना उपलब्ध गरिपाउ भन्दा  मैले सुचनाको हक प्रयोग गर्दा गर्दै पनि सुचना लुकाएको र पटक पटक भन्दा पनि  अटेरी गरेको उहाले बताएका छन । सुर्नयागाउ पालिका ले सुचना उपलब्ध गरेन सुचना लुकाएको छ अटेरी गर्यो भनी  जिल्ला प्रसासनमा समेत निवेदन पेसगरेको उहाले बताएका छन । 

यता सुर्नयागाउपालिका ले अहिले सम्म गरेका काम काज हरुको सुचना पाँउ भनी निवेदन पालिकामा पेस गरेको्् र ््पालिकाले अहिले सम्म कुनै जबाफ न आएको भनी जिल्ला प्रसान मा निवेदन आएको हुनाले  जिल्ला प्रसासनबाट ७ दिन भित्र सुचना उपलब्ध गराउनु होला भनी सुचना पठाएको र ७ दिन भित्र सुचना उपलब्ध न गराए थप कार्बाही गर्ने सायक सिडियो खगेन्द्र भारती ले बताएका छन ।

कार्यक्रमका प्रमुख अथिती दशरथचन्द  नगरपालिकाका वडा नम्बर ४ का वडा अध्यक्ष एबम निमित्त नगर प्रमुख मोहन चन्द कार्यक्रम का विशिष्ट अथिती जिल्ला प्रसासन कार्यालय बैतडी का सायक प्रमुख जिल्लाअधिकारीखगेन्द्र भारती चारवटै सुरक्षा निकायका प्रमुख लगाएत कार्यालय प्रमुख नागरिक समाज पत्रकारहरु हरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया