२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ
चालक फरार छन् ।

बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाकोमृत्यु, ६ जना घाइते

SansherOnline SansherOnline
सोमबार २०, मङि्सर २०७८ ०७:५१
बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाकोमृत्यु, ६ जना घाइते

बैतडी बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।   जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थली भन्ने ठाउँमा  दुर्घटना हुँदा   ४ जनाको घटनास्थलमै  मृत्यु भएको र ६ जना घाइते भएका इलाका प्रहरी कार्यलय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । दुर्घटनामा परेर  ज्यान गुमाउनेमा पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको रहेका छन्।   घाइते ६ जनाको अवस्था सामान्य रहेको र उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र  पाटनमा उपचार भइरहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।  प्रहरीका अनुसार जीपमा चालक सहित ११ जना सवार थिए ।

प्रतिक्रिया