२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ
नगर अधिवेशन

“एमाले अब बामपन्थी पार्टीनै रहेन” नेता भट्ट

SansherOnline SansherOnline
शनिबार १८, मङि्सर २०७८ ०७:०४
“एमाले अब बामपन्थी पार्टीनै रहेन” नेता भट्ट


आशिस माल, बैतडी  नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य परमानन्द भट्टले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने वताउनु भएकोछ ।
बैतडीको पाटन नगरपालिकाको प्रथम अधिबेशनमा सम्बोेधन गर्दै  भट्टले लोकतन्त्रको रक्षाका लागि प्रतिगमनका विरूद्व अहिलेको गठबन्धन  चुनावसम्म सङगै जाने बताउनु भएको छ । 
 उनले भने “लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि प्रतिगमनका विरूद्व लोकतान्त्रिक शक्तिहरूको गठबन्धन निर्माण भएको हो ।”  भट्टले एमाले अब बामपन्थी पार्टी नरहेको जिकिर समेत गरे । एमालेको अहिलेको नेतृत्व निरंकुशतातर्फ अघि बढिरहेको जिकिर गर्दै उनले एमाले नेतृत्व मुलुक र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने र निरंकुशतातर्फ लैजाने क्रममा रहेको बताउनुभयो ।
सम्बोधनका क्रमा भट्टले बैतडीको पाटन एयरपोर्ट स्तोरोन्नतीका लागि प्रारम्भिक सर्वेको काम शुरू भएको वताउदै चाडै एयरपोर्टमा चाहिने पुर्वाधार निर्माण गरिने वताउनुभयो,यसैगरि  नमुना शहर पाटनको गुरु योजना अनुसार रोकिएका काम चाडै शुरू हुने वताउनुभएकोछ । पालिका अधिवेशनले लोकेन्द्र बिस्टको अध्यक्षतामा ५५ सदस्यीय  नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा प्रदीप बोहरा, राम भुल चयन भएका छन् , यसैगरी सचिवमा गणेश पन्त  तथा सह सचिवमा रितु भट्टराई, शिबराज भट्ट र हरिना भट्ट चयन भएका छन ।

प्रतिक्रिया