२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ
SansherOnline Sansher Online
मङ्गलबार १५, कार्तिक २०७९ १०:२५
बैतडीमा ३१ मतदानस्थल अति संवेदनशील

बैतडी– बैतडीमा ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका ३१ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा  राखिएको छ । यहाँ रहेका १ सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । 
 सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ । 
 विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार उनले बताए ।
 
 

प्रतिक्रिया