२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ
नेकपा एमाले परित्याग गरि २७ जनाले गरे पाटी प्रवेश

नेकपा (एकीकृतसमाजवादी)दोगडाकेदार गाउँपालिका अध्यक्षमा जोशी

SansherOnline SansherOnline
बुधबार १५, मङि्सर २०७८ ०६:०६
नेकपा (एकीकृतसमाजवादी)दोगडाकेदार गाउँपालिका अध्यक्षमा जोशी

आषिस माल 
बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका  मा नेकपा (एकीकृत समाजवादी) बैतडी जिल्ला कमिटी  उपाध्यक्ष दोगडाकेदार  गाउँपालिका इन्चार्ज लाल सिह कार्की को अध्यक्षता मा अधिबेशन सम्पन्न भएको छ  । 
बुधबार  नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य परमानन्द भट्ट को प्रमुख आतिथ्यता मा  पालिका अधिवेशनले लक्ष्मी जोशी को अध्यक्षतामा ५१ सदस्यीय  कमिटी गठन गरेको हो ।


कमिटीको उपाध्यक्षमा प्रताप सिह महारा र बेद प्रकाश जोशी  चयन भएका छन् । यस्तै सचिवमा गणेश पार्की तथा सह सचिवमा लक्ष्मी दत्त जोशी चयन भएका भुबन कार्की ले जानकारी दिनुभएको छ ।

 
नेकपा (एसले) बैतडीमा पालिका तथा वडा स्तरमा अधिवेशन मार्फत कमिटी गठनलाई तीव्रता दिइरहेको छ । कार्यक्रममा दोगडाकेदार गाउपालिकाका सबै वडावाट बृहत् उपस्थिति रहेकका कार्किले जानकारी दिनु भएको छ ।


 कार्यक्रम का बिशिस्ट अतिथि प्रदेश कमिटी उप सचीव दीर्घ सोराडी सुदुरपशिम  प्रदेश का पुर्ब उध्योग पर्यटन, बन तथा बाताबरण मन्त्री माया भट्ट ,नेकपा (एस) केन्द्रीय सदस्य दार्चुला इन्चार्ज  नरेन्द्र बिस्ट बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट नेकपा(एस)का प्रदेश कमिटी सदस्य राजु राम भुल लगाएतका नेता कार्यकता हरुको सहभागिता रहेको थियो ।


यस्तै नेकपा एमाले परित्याग गरि वडा कमिटी उपाध्यक्ष लगाएत २७ जनाले कार्यक्रम का प्रमुख अथिती एबम पोलिट ब्युरो सदस्य प्रमानद भट्ट बाट टिकालगाएर पाटी प्रवेश गर्नु भएको छ ।

प्रतिक्रिया