२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

चुनावका लागि एमाले १० औं नम्बरमा दर्ता

SansherOnline SansherOnline
मङ्गलबार २४, साउन २०७९ ०३:१८
चुनावका लागि एमाले १० औं नम्बरमा दर्ता

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ ।  ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले दल दर्ता गरिरहेको छ ।

प्रतिक्रिया