सनशेर अनलाइन

२०७९ असार १९ गते आइतबार
ट्रेन्डिङ
स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी

एमालेले टिकट नदिएर स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेका जोशी, बने गाउपालीका अध्यक्ष

SansherOnline SansherOnline
मङ्गलबार ०३, जेठ २०७९ ०८:०३
एमालेले टिकट नदिएर स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेका जोशी, बने गाउपालीका अध्यक्ष

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्ष स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन् । गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका लोकेन्द्र राना (शितल) लाई पछि पार्दै उनी अध्यक्षमा विजयी भएका हुन् । जोशीले ३ हजार १८९ मत प्राप्त गरे भने रानाले २ हजार ६५१ मत प्राप्त गरे । यो मत सङ्ख्या हेर्दा जोशीले ५ सय ३८ मतान्तर ले विजयी भएका छन् ।

यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । उनले ३ हजार ८७३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलावती जोशीले २ हजार ७७९ मत पाइन् ।

यस्तै डिलाशैनीका ७ वडा मध्ये ३ वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एमाले र कांग्रेस दुई÷दुई वडामा विजयी भएका छन् । वडा नं १ मा कांग्रेसका कृष्णकुमार धामी, वडा नं २ मा एमालेका नवराज घरडी,वडा नं ३ मा एमालेका रघुबीर बोहरा, वडा नं ४ मा स्वतन्त्रका हरिदत्त पन्त, वडा नं ५ स्वतन्त्रका यज्ञराज भट्ट, वडा नं ६ मा कांग्रेसका उत्तरबहादुर बोहरा र वडा नं ७ मा स्वतन्त्रका प्रकाशमणी भट्ट विजयी भएका छन् ।

पालिका अध्यक्षमा निर्वाचित जोशी एमालेबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेका थिए । एमालेको युवा संगठन राष्ट्रिय युवा संघको सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका जोशीले पार्टीका सबै संगठनबाट राजीनामा गरेर चुनावी मैदानमा होमिएका थिए । पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका उनी तीन जना वडा अध्यक्ष सहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया