२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

डिलाशैनी-अध्यक्षमा सन्तोषको स्वतन्त्र उम्मेद्वारी

SansherOnline SansherOnline
आइतबार २७, चैत २०७८ ०५:२१
डिलाशैनी-अध्यक्षमा  सन्तोषको स्वतन्त्र उम्मेद्वारी


बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट उम्मेद्वारी  घोषणा गरेका छन् । आइतबार धामीगाउँमा आमसभाको आयोजना गरेर गाउँपालिका अध्यक्ष पदमा उनले  उम्मेद्वारी  घोषणा गरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका लागि नेकपा एमालेका बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालले उनको नाम सिफारिश नगरेपछि स्वतन्त्रबाट उम्मेद्वारी  घोषणा गरेका छन्  ।

उनले डिलाशैनीबासी लाई धामीगाउमा उपस्थित गराएर बृहत आमसभामा अध्यक्षपदका लागि उम्मेदवारी  घोषणा गरेको  डिलाशैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार सन्तोषप्रकाश जोशीले बताएका छन ।

प्रतिक्रिया