२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीको बाचपानीबाट दाेराका लागि छुटेकाे जिप दुर्घटना

SansherOnline SansherOnline
मङ्गलबार २५, भदौ २०८१ ०७:२६
बैतडीको बाचपानीबाट दाेराका लागि छुटेकाे जिप दुर्घटना

 

बैतडी : बैतडीमा जिप दुर्घटना भएकाे छ जिल्लाको सुर्नया गाउँपालिका ८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सु.प.प्र.०१००ज १३५४ नम्बरको जिप मंगलबार बिहान सात बजेतिर दुर्घटना भएकाे हाे ।

जिप दुर्घटना हुँदा चालक सुर्नया गाउँपालिका ७ का लालबहादुर कुँवर, सुर्नया ८ का २१ बर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ बर्षीय मानबहादुर महरा, ४० बर्षीय धनबहादुर महरा र १८ बर्षीया सविना महरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

उनका अनुसार घाइते मध्ये सविनालाई थप उपचारका लागि धनगढी लगिएको छ भने अरु घाइते डडेल्धुरा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

कच्ची सडकमा दुर्घटना भएकाे जिप  सडकबाट २० मिटर तल खसेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया