२०८१ पुष १८ गते बिहिबार
ट्रेन्डिङ

डिलासैनी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

SansherOnline SansherOnline
आइतबार २०, साउन २०८१ ०८:४७
डिलासैनी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बैतडी : बैतडीको डिलासैनी गाउँपालिकाले सुशासन, पार्दशिता, जवाफदेहिता भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले वर्षभरि गरेका कार्यक्रम, सेवाप्रभाव र आयव्यय गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेस सिह बोहराले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थितहरुले गाउँपालिकाले गरेका सेवा प्रभाव बारे जिग्यासा राखेका थिए भने ति जिज्ञासाको सम्बन्धित निकायका प्रमुखले जवाफ दिएर प्रष्ट समेत पारेका थिए । यस्तै सहभागीहरुले जनप्रतिनिधी र कर्मचारीलाई दिएका सुझावलाई आत्मसाथ गरि अगाढी बढ्ने गाउँपालिका अध्यक्ष सन्तोष प्रकास जोशीले बताउनु भयो ।

गाउँपालिका केन्द्र धामी गाउँमा सार्वजनिक सुनुवाई गरिएको थियो भने गाउँपालिकाकै रेडियो डिलासैनी एफएमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । गाउँपालिकाकै आयोजना र ग्वाल्लेक मिडीया प्रालिको सहजीकरण कार्यक्रममा सरोकारवाला र स्थानियहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया