२०८१ कार्तिक ०२ गते शुक्रबार
ट्रेन्डिङ

एसईईको ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा परीक्षा केन्द्र निर्धारण

SansherOnline SansherOnline
शनिबार ३०, असार २०८१ ०९:१४
एसईईको ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा परीक्षा केन्द्र निर्धारण

बैतडी : एसईई ग्रेडवृद्धि परीक्षाका लागि बैतडीमा ९ ओटा केन्द्र निर्धारण गरिएका छन् । साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि जिल्ला परीक्षा समन्वय समितिले ९ ओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए । 

विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन, मणिलेक मावि काँडा मेलौली, सनातन धर्म मावि श्रीकोट र अर्जुन मावि गाँजरीमा केन्द्र निर्धारण गरिएको छ ।  यस्तै नागार्जुन मावि शर्माली, कुलाउ मावि कुलाउ,सेटीगाउँ मावि ककरपाखा र डिलेश्वरी मावि हाट पुर्चौंडीमा पनि केन्द्र निर्धारण गरिएको सूचना अधिकारी शर्माले बताए ।  

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा बैतडीबाट ४ हजार ८९४ परीक्षार्थी सहभागी भएकोमा १ हजार ५४१ जनामात्रै उत्तीर्ण भएका थिए ।

 

1-1720784270.jpg
 

2-1720784254.jpg
 

3-1720784234.jpg
 

4-1720784215.jpg

प्रतिक्रिया