२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ
‘अपेक्षा फलको छैन, सधै कर्तव्य चिन्तन, आहुती प्राणको दिने तिमिमा अभिनन्दन’

पाटन नगरपालिका–४ निङ्लाडमा परिवारले बनाएका मृतक सिपाहीहरुका शालिक

SansherOnline SansherOnline
शुक्रबार २२, असार २०८१ ०८:२७
पाटन नगरपालिका–४ निङ्लाडमा परिवारले बनाएका मृतक सिपाहीहरुका शालिक

 बैतडी-नरी बडु : मृतक सिपाही नरेश सिंह साउदका बुढा बुवा आत्माराम साउद राजमार्ग अन्र्तगत पर्ने निङ्लाडी खोलाको धुम्तिमा छोराका शालिक बनाइरहेका थिए । उनको अनुहारमा उज्यालो थिएन्, सुन्निएका आँखा, चाउरी परेको अनुहार र कमजोर शरीरले उनिको पुत्रशोक प्रतिविम्वित गरिरहेको थियो । जेनतेन डेढ लाख खोजेर उनि छोरा नरेशको शालिक बनाउन दार्चुलाबाट एक दिनको बस यात्रा गर्दै दशरथचन्द राजमार्गमा पर्ने थुममा पुगे । एक हप्ता डेरा गरेर बसेका साउद घुम्तिमा छोराको शालिक उभ्याएर घर फर्किए । देशमा शासन गर्नेहरुलाई सत्तामा पु¥याउन मरेका उनको शालिक भने परिवारले बनाउनुपर्ने, त्यो पनि आफ्नै खर्चमा ? कस्तो बिडम्बना ।

मृतक प्रहरी जवान नरेश सिंह साउदका बुबा आत्माराम साउद
दशरथचन्द राजमार्गको घुम्तिमा ठंरङ्ग उभियाका सच्चा सिपाहीहरुका शालिकहरु वास्तविकजस्तै लाग्छन् । निलो वर्दीमा उभियाका शालिकहरुले सरकार र सत्ताधारीलाई प्रश्न गरिरहेको हुनुपर्छ ‘हामीले ज्यान गुमायौँ तपाँईलाई सत्तामा पु¥याउन तर शालिक बनाउने खर्च परिवारले छाक घटाएर व्यहोरिरहेको छ, के यत्तिपनि सकिन्थेन ?’ प्रश्न बारम्बार सोधिरहेको जस्तो लागेपनि उनिहरुको प्रश्न अनुत्तरित छ ।
बेलाबखत शालिक उभिएकै राजमार्गमा झण्डावाल गाडीहरु समेत घुइकिन्छन् । तर उनिहरुको बारेमा चासो राख्ने सायदै होलान् । आत्माका आँखाहरुले उनिहरुलाई मृत्यु भइसकेपछि पनि डिउटीमानै देख्छन् ।

पाटन नगरपालिका–४ निङ्लाड धुम्तिमा परिवारले बनाएका मृतक सिपाहीहरुका शालिकहरु

कुरा प्रदेश र प्रतिनिधिसभा निर्वाचन २०८९ मा अनिदो रहेर मतपेटीका ल्याउने क्रममा सडक दुर्घटनामा परेर ज्यान गुमाएका पाँच सच्चा प्रहरीहरुको हो । दुर्घटनामा मृत्यु भएको दुई वर्षपछि प्रहरीका परिवारले पाटन नगरपालिका–४ थुम नजिक निङ्लाडी खोलाको धुम्तिमा शालिक बनाएका छन्, उनिहरुजस्तै । लाजमर्दो कुरा के भने, निर्वाचनको वेलामा आँखा चिम्म समेत नगरि अहोरात्र खटिएका सिपाहीहरुको शालिक सरकारले तथा कुनै अन्य निकायले बनाएको होइन्, परिवारले आफ्नै खर्चमा बनाएका हुन् । मृतक नरेश सिंह साउदका बुबा आत्माराम साउदले भन्नुभयो ‘छोरालाई सम्झेपछि हृदय च्यातिन्छ, तर के गर्ने सहनै प¥यो । सरकारले उनिहरुको सडक शालिक सम्म बनाइदिएको भए, उनिहरुको आत्माले पनि शान्ति पाउथ्यो होला ।, हामीले शहीद घोषणको आशा राखेका होइनौँ ।’ तर यसमा प्रहरी संगठन र सरकार कसैले पनि वास्ता गरेन् ।


दिपायल सिलगढी नगरपालिका-२ का प्रहरी सहायक हवल्दार स्वर्गीय अर्जुन बहादु कठायत, अजयमेरु-४ मड डडेल्धुराका प्रहरी जवान स्वर्गीय धिर्क बहादुर विष्ट, दिपायल सिलगढी नगरपालिका– १ तिखा डोटीकी प्रहरी जवान स्वर्गीय पुतली खड्का, शैल्यशिखर नगरपालिका–९ बसकोट दार्चुलाका प्रहरी जवाल स्वर्गीय नरेश बहादुर साउद र महन्याल–४ कैलालीका स्वर्गीय लोक बहादुर बाठामगरले ०८९ मंसिर ४ गते निर्वाचन सम्पन्न पश्चात मध्यराती मतपेटीका सदरमुकाम पु¥याएर फेरी मतपेटीका ल्याउन जाने क्रममा पाटन नगरपालिका- ४ निङ्लाडी खोलामा भएको दुर्घटनामा ज्यान गुमाएका थिए । निर्वाचनको प्रेसर र चालक अनिदो भएका कारण गाडी दुर्घटना भएको थियो ।

This image has an empty alt attribute; its file name is IMG_5630-1024x682.jpg

दुर्घटनामा परेको जीप, जसमा पाँच प्रहरीहरुको मृत्यु भएको थियो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनको परिणामले अथवा भनौँ तिनै मतका बाकसहरुमा भएका मतले दुई पटक सत्ता फेरीसकेको छ । त्यो सानो घटना सत्तामा बसेकाहरु र विशाल भनिएको संगठनलाई याद नहुनुपनि स्वभाविक होला तर मृतकका परिवारले उनिहरुलाई विर्सनै सक्दैनन् ।

प्रतिक्रिया