२०८१ भदौ २३ गते आइतबार
ट्रेन्डिङ

सिगास : भुवनेश्वरी माविका प्रधानाध्यापक द्वारा छात्रालाई निर्घात कुटपिट,अखिल नेपाल विद्यार्थी युनियनको ध्यानकार्षण

SansherOnline SansherOnline
आइतबार १०, असार २०८१ १०:२१
सिगास : भुवनेश्वरी माविका प्रधानाध्यापक द्वारा छात्रालाई निर्घात कुटपिट,अखिल नेपाल विद्यार्थी युनियनको ध्यानकार्षण

बैतडी : बैतडीको सिगास गाउँपालिका–५ स्थित भुवनेश्वरी माविमा अध्ययनरत कक्षा ९ की छात्रा संगिता धामीलाई विद्यालयका प्रद्यानाध्यापक विरेन्द्र सिंह धामीले गत जेठ ३० गते कुटपिट गरेको आरोप लगेको थियो । यो विषयमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी युनियन (सामाजिवादी) बैतडीले  विद्यालयमा घाइते भएकी छात्रा संगीता धामीको विषयमा निस्पक्ष छानबिनको माग गरेको हो । 

संगिता धामीलाई प्रद्यानाध्यापक बिरेन्द्र सिंह धामीले कुटपिट गरेको आफन्तले बताएको र केही सञ्चारमाध्यममा पनि आएको हुनाले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग रहेको छ ।  

यस घटनालाई तोडमोड नगरी निष्पक्ष छानबिन हुनुपर्ने जिल्ला इन्चार्ज सुरेन्द्र सीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । अन्यता कडा कदम चाल्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिइएको छ ।  

 

 

प्रतिक्रिया